आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लियाे



आईसीसी टी–२० विश्व कप क्रिकेटमा भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लियाे

काठमाण्डाै १३ कार्तिक । आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएकाे छ । पर्थमा भएकाे खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायाे ।

भारतले दिएकाे एक सय ३४ रनकाे सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायाे । उसका डेभिड मिलरले ५९ र एडन मारकरमले ५२ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंहले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर १ सय ३३ रन बनायाे । उसका सूर्यकुमार यादवले ६८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ४ र वेन पार्नेलले ३ विकेट लिए ।  याे जितसँगै दक्षिण अफ्रिका ३ खेलमा पाँच अङ्कसहित समूह २ काे तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । भारत ३ खेलमा ४ अङ्कसहित दाेस्राे स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे