कालीकाेटमा विस्फाेटक वस्तु पड्किँदा एक बालिकाकाे ज्यान गयाे, चार जना बालबालिका घाइते



कालीकाेटमा विस्फाेटक वस्तु पड्किँदा एक बालिकाकाे ज्यान गयाे, चार जना बालबालिका घाइते

कालीकाेट – कालीकाेटमा विस्फाेट वस्तु पड्किँदा एक बालिकाकाे ज्यान गएकाे छ । चार जना बालबालिका घाइते भएका छन् ।

कालीकाेटकाे तिलागुफा नगरपालिका-१० रानाबाडामा विस्फाेट वस्तु पड्किँदा चार वर्षीया झरना थापाकाे ज्यान गएकाे हाे ।

यस्तै, तीन वर्षीया दर्शना राना, चार वर्षीया सरस्वती राना, पाँच वर्षीया मुस्कान राना र सात वर्षीय कमल थापा घाइते भएका हुन्। उनीहरु घर नजिकैकाे काेदाेबारीमा खेलिरहेकाे अवस्थामा विस्फाेटक वस्तु पड्किएकाे प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालले बताउनुभयाे।

घाइतेहरु बालबालिकाहरुलाई जिल्लामा उपचार हुन नसक्ने भएपछि हेलिकप्टरमार्फत सुर्खेत लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे