श्रीमानको रड प्रहारबाट श्रीमती गम्भीर घाइते



श्रीमानको रड प्रहारबाट श्रीमती गम्भीर घाइते

दाङ – शान्तिनगर गाउँपालिका २ अमुवामा श्रीमानको कुटपिट बाट श्रीमती गम्भीर घाइते हुनु भएको छ । घाइते हुनेमा शान्तिनगर गाउँपालिका- २ अमुवा निवासी ३५ वर्षिया नन्दा बुढाथोकी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । नन्दाका श्रीमान्रे रेसम बुढाथोकीले फलामको रड प्रहार गरि घाइते बनाएको प्रहरीले बताएको छ ।

श्रीमानले मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गर्दा टाउको, अनुहार, घाँटी, छातीमा गहिरो चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ, भने घटनामा संलग्न श्रीमान फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे