दाङको घोराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी



दाङको घोराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी

दाङ ८ कार्तिक । दाङको घोराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी भएको छ ।  गएराति घोराहीको सहिद उमेश मार्ग रोडमा रहेको तीन वटा फर्निचरमा आगो लागेपछि पूर्ण रूपमा क्षति भएको छ ।

न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राति १२ बजेदेखि सुरु भएको आगो आज बिहान साढे ४ बजे निभाइएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो निभाइएको हो । लक्ष्मी पूजाको अवसरमा बालिएको दियोबाट आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान छ । क्षतिको विवरण सङकलन भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे