राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा तिहारको उपलक्ष्यमा शुभकामना सन्देश



राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा तिहारको उपलक्ष्यमा शुभकामना सन्देश

काठमाण्डौ ८ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको शुभकामना दिँदै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका कामना व्यक्त गरेकी छिन् ।

तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दीयौँ पहिलेदेखि चल्दै आएको तिहार हाम्रो विशिष्ट मौलिक पर्व भएको बताएका छन्। उनले यो मौलिक सांस्कृतिक पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई समेत प्रगाढ बनाउन मद्दत पुर्याउँदै आएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले सन्देशमार्फत तिहार र नेपाल संवत् ११४३ को शुभकामना व्यक्त गरेका छन् । तिहारको अवसरमा खेलिने देउसी भैलोलगायतका सांस्कृतिक नाचगानले शान्ति, सद्भाव, एकता र भाइचाराको भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे