सकियो नवौँ राष्ट्रिय खेलकुद, १ सय ७२ स्वर्णसहित आर्मी क्लबको वर्चस्व



सकियो नवौँ राष्ट्रिय खेलकुद, १ सय ७२ स्वर्णसहित आर्मी क्लबको वर्चस्व

कास्की ४ कार्तिक । नवौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा नेपाल आर्मी क्लबको वर्चस्व कायम गरेकाे छ । आर्मीले १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरी ३ सय ७१ पदकसहित टिम च्याम्पियन बन्दै ट्रफीसमेत उचालेको छ ।

दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २ सय १९ पदक जितेको छ । नेपाल पुलिस क्बलले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी १ सय ९५ पदक जित्दै तेस्रो स्थान हासिल गर्‍याे ।

यस्तै गण्डकी प्रदेशले ३२ स्वर्णसहित १ सय २०, बाग्मती प्रदेशले २४ स्वर्णसहित १ सय ४५, प्रदेश एकले १० स्वर्णसहित ८३, सुदूरपश्चिमले १० स्वर्णसहित ६३, एनआरएनएले १० स्वर्णसहित २६,  लुम्बिनी प्रदेशले ६ स्वर्णसहित ६८, मधेस प्रदेशले ५ स्वर्णसहित ३९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १८ पदक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे