लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ



लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कार्तिक ३ तुलसीपुर / दाङ प्रहरीले लागु औषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बिहीबार घोराही उपमहानगरपालिका १७ स्थित सडकखण्डमा शंकास्पद रुपमा हिडीरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ७ पर्सा निवासी २६ वर्षिय किशोर श्रेष्ठ रहेका छन् । उनलाई दाङ जिल्ला अदालत घोराहीले २०७५ साल भदौ २ गते लागु औषध मुद्दामा ८ महिना १८ दिन कैद र २५ हजार रुपैंया जरिवाना तोकेको थियो ।

उनलाई बिहीबार दाङ जिल्ला अदालत घोराहीमा बुझाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे