कोरोना संक्रमणबाट थप दुई डाक्टरको मृत्यु
काठमाण्डौ १ मंसिर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप दुई डाक्टरको मृत्यु भएको छ ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा.सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष नारायणबहादुर थापाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित भएका डा. झाको सोमबार बिहान र डा.थापाको आइतबार राति मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्