लमहीमा प्रेस चाैतारीकाे सञ्चार डेस्क स्थापना



लमहीमा प्रेस चाैतारीकाे सञ्चार डेस्क स्थापना

दाङ २ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे प्रचारप्रसार गर्ने उदेश्यले दाङ क्षेत्र नम्बर १ काे लमहीमा सञ्चार डेस्क स्थापना गरिएको छ । प्रेस चाैतारी दाङकाे निर्णय अनुसार क्षेत्र नम्बर १ स्तरीय सञ्चार डेस्क नेत्र स्मृति भवनमा राखिएको हाे ।

चाैतारीका केन्द्रीय सदस्य सन्ताेष दहितकाे अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय लेखा आयाेग सदस्य रेवतीरमण शर्माकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधनन गर्दै शर्माले सूचना तथा समाचार संप्रेषणलाइ प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । कार्यक्रममा केन्द्रीय अनुशासन आयाेग सदस्य सरस्वती गाैतम, लुम्बिनी प्रदेश कमिटी सदस्य तथा दाङ १ (२) का उम्मेदवार कुलबहादुर केसी, प्रदेश सल्लाहकार कमिटी सदस्य बिमबहादुर केसी, जिल्ला उपाध्यक्ष राममणी पाण्डे, क्षेत्र नम्बर १ का संयाेजक सहजराम यादव, चाैतारीका केन्द्रीय सदस्य सन्ताेषकुमार गुप्ता जिल्ला सदस्य मानबहादुर बिक, अब्जल अलि, लक्ष्मी शर्मा, सानुनारायण अधिकारी लगायतकाे उपस्थितिमा कार्यक्रम भएको हाे । कार्यक्रमकाे सहजीकरण चाैतारीका प्रदेश उपाध्यक्ष दशरथ घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे