आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा क्षणिक वर्षाको सम्भावना



आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा क्षणिक वर्षाको सम्भावना

काठमाण्डाै १ कार्तिक । देशभर न्यूनतम तापक्रम घट्न थालेको छ । दिउँसोको समयमा घाम चर्किने भएकाले अधिकतम तापक्रममा खासै घटबढ भएको छैन, तर न्यूनतम तापक्रम भने बिस्तारै घट्न थालेको छ । काठमाण्डौको बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ ।

हिजो १२ दशमलव २ डिग्री सेल्सियस थियो ।  देशैभर बिहान र बेलुका चिसो हुन थालेको छ । आज  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाहेकका  प्रदेशको मौसम सामान्यतया सफा नै रहने मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा अहिले घाम लागे पनि दिउँसो १२ बजेपछि बदली भइ क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् भट्टराईले बताए । उनका अनुसार पश्चिमी वायुको प्रभावका कारण यी प्रदेशको मौसम बदली हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे