भारतीय कांग्रेसको अध्यक्ष पदका लागि आज चुनाव हुँदै



भारतीय कांग्रेसको अध्यक्ष पदका लागि आज चुनाव हुँदै

 असोज ३१ काठमाडौं । भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि आज चुनाव हुँदैछ । करिब ९ हजार २ सय पार्टी प्रतिनिधिहरूले त्यसका लागि मतदान गर्नेछन् ।

अध्यक्ष पदमा यसपटक गान्धी परिवारभन्दा बाहिरबाट मात्रै उम्मेदवारी परेको छ । कांग्रेस आईका वरिष्ठ नेता शशि थरुर र मल्लिकार्जुन खड्गे अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । दुबै गान्धी परिवारसँग निकट मानिन्छन् ।

मतदान स्थानीय समय अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । यसको नतिजा १९ अक्टोबरमा सार्वजनिक हुने समाचार एजेन्सी एएनआईले जनाएको छ ।

सन् २०१९ को आम निर्वाचनमा पार्टी पराजय भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने क्रममा नै अबदेखि गान्धी परिवारबाट कोही पनि अध्यक्ष नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे