सिसहनियाँ देखि करङ्गेकाेट जाेड्ने माेटर बाटाे मर्मत कार्य शुरु



सिसहनियाँ देखि करङ्गेकाेट जाेड्ने माेटर बाटाे मर्मत कार्य शुरु

सिसहनियाँ ३१ असाेज ।  विगत एक हप्ता अगाडि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिराे खस्दा अबरुद्ध रहेको राप्ती गाउँपालिका वडा नं. -५ सिसहनियाँ देखि करङ्गेकाेट जाेड्ने ग्रामिण माेटर बाटाे मर्मत कार्य शुक्रबार देखि शुरु गरिएको छ।

दर्जनौं ठाउँमा पहिरो खस्दा गत असाेज २१ गते देखि पूर्णरूपमा अबरुद्ध रहेको माेटर बाटो स्थानीय तहको सहयाेगमा मर्मतको काम अघि बढाइएको हाे। धेरै ठाउँमा ठुल्ठुला पहिरो खसेका कारण पहाडी क्षेत्रका अन्य माेटर बाटाे सञ्चालनमा आउन भने अझै केही समय लाग्ने देखिएको छ। बाटाे अबरुद्ध भएपछि त्यस क्षेत्रका बासिन्दाहरुलाई औषधी उपचार तथा चाडपर्वकाे समयमा किनमेलका लागि सिसहनियाँ आउजाउ गर्न निकै समस्या परेकाे छ। साे बाटाे करिव ८ किलाेमिटर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे