बाउन्नेपाटाका महिलाहरूलाई सशक्त र सक्षम बनाइदै



बाउन्नेपाटाका महिलाहरूलाई सशक्त र सक्षम बनाइदै

भालुवाङ ३१ असोज । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ बाउन्नेपाटाका महिलाहरूलाई सशक्त र सक्षम बनाउन थालिएको छ ।

राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले गाउँमै पुगेर त्यहाँका कहिल्यै पनि कार्यक्रममा सहभागी नभएका गरिव, दलित तथा अपांग महिलाहरूलाई महिला अधिकार, सरकारी कार्यालयबाट दिने सेवा, सुविधा, सामाजिक सुरक्षा भत्ता, उद्यम विकास लगायतका महत्त्वपूर्ण विषयमा जानकारी गराउन महिला सशक्तीकरण कार्यक्रम राखिएको छ ।

२ दिन सम्म चल्ने कार्यक्रममा सहभागी भएका महिलाहरू पहिलो पटक यस्तो कार्यक्रम आफ्नै गाउँमा आउँदा र नयाँ कुरा सिक्ने अवसर पाएकोमा खुसी समेत भएका छन् । राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका इन्जिनियर अशोक बेल्वासे, रोजगार संयोजक मुमाराम भुसाल, नारायण आर.सी लगायतको सहभागी रहेको थियोे ।

तुलसी बुढामगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवनकुमारी जिसीले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे