पहिरोले बगाएको बाटो अवलोकनमा गएका अध्यक्ष आफैले बाटो मर्मत गर्न थालेपछि…..



पहिरोले बगाएको बाटो अवलोकनमा गएका अध्यक्ष आफैले बाटो मर्मत गर्न थालेपछि…..

भालुवाङ ३१ असोज । केही दिन अघिको वर्षाले बाटो बगाएपछि अनुगमनमा गएका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट आफै बाटो मर्मत गरेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर १ चैते देखि वडा नम्बर २ बाउन्नेपाटा जाने बाटो लगातारको वर्षातले बिगारेपछि अनुगमन गर्न पुगेका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चाैधरी, इन्जिनियर अशोक बेल्वासे, रोजगार संयोजक मुमाराम भुसाल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवनकुमारी जिसी, नारायण आर.सी लगायत कर्मचारी सहितको टोली बाटो मर्मत गर्दै गन्तव्य स्थानमा पुगेका थिए ।

ढाई किलोमिटरको सो बाटो लगातारको वर्षाले ठाउँ ठाउँमा बिग्रिएको र पहिरोले बगाएपछि बाटोको अवस्था बुझ्न अध्यक्ष विष्ट सहितको टोली बाटो अनुगमनमा गएको थियोे । बिग्रेको बाटोलाई राप्ती गाउँपालिकाको स्काभेटरले शनिबार केही मर्मत गरेपनि बाटो अझ धेरै बिग्रिएकोले जिप, कार तथा मोटरसाइकल आवतजावत गर्न सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे