‘चामल बाँडेकाे’ भन्दै निर्वाचन आयाेगले सहरी विकास मन्त्री चाैधरीलाई साेध्याे स्पष्टीकरण



‘चामल बाँडेकाे’ भन्दै निर्वाचन आयाेगले सहरी विकास मन्त्री चाैधरीलाई साेध्याे स्पष्टीकरण

काठमाण्डाै ३० असाेज । निर्वाचन आयाेगले सहरी विकास मन्त्री मेटमणि चाैधरीलाई स्पष्टीकरण साेधेकाे छ । निर्वाचन आचारसंहिता विपरीत दाङकाे थारु बस्तीमा बाढी पीडितका नाममा राहतअन्तर्गत चामल बाँडेकाे भन्दै आयाेगले मन्त्री चाैधरीलाई स्पष्टीकरण साेधेकाे हाे ।

‘निर्वाचन आचारसंहिता २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार के छ ?’, भनी आयाेगले मन्त्री चाैधरीलाई स्पष्टीकरण साेधेकाे छ ।

आफ्नाे निर्वाचन क्षेत्रमा बाढी पीडितकाे नाममा चामल बाँड्दा आयाेगकाे पूर्वसहमति लिनुभएकाे छ कि छैन भनेर पनि आयाेगले साेधेकाे छ । ‘विपदकाे अवस्थामा राहत वितरणसम्बन्धी काम गर्दा नेपाल सरकारको मन्त्री नै जानुपर्ने कुनै कानुनी बाध्यता थियो, थिएन ?’ भन्ने प्रश्न गर्दै यस विषयमा २४ घण्टाभित्र स्पष्ट जवाफसहित स्पष्टीकरण पेस गर्न आयोगले मन्त्री चौधरीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे