देउखुरीको सिसहनियाँमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, एकैदिन ५५ जनाद्धारा रक्तदान



देउखुरीको सिसहनियाँमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, एकैदिन ५५ जनाद्धारा रक्तदान

सिसहनियाँ २९ असोज । देउखुरीको राप्ती गाउँपालिका—५, प्रगतिनगर सिसहनियाँ बजारमा एक दिने खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दाङको देउखुरीमा रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्दै देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय संघ लमहीले आयोजना गरेको रक्तदान कार्यक्रममा शनिबार एकै दिन ५५ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा नेकपा एमालेका तर्फबाट दाङ क्षेत्र नम्बर १ अन्र्तगत प्रदेशसभा क का उम्मेदवार गंगाराम भट्टराई, राप्ती गाउँपालिका गाउँकार्यपालिकाका सदस्य रणबहादुर पुजाली, इलाका प्रहरी कार्यालय सिसहनियाँका हवल्दार गोबिन्द श्रेष्ठ, सहायक हवल्दार सुर्यप्रसाद अर्याल, ट्राफिक प्रहरी जवान खेमराज रोकामगर, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचारदाता तुलबहादुर कँवरमगर, मिना शाह, हेमन्त रेग्मी र लक्ष्मी भट्टराई लगायत ५५ जनाले रक्तदान गरेका थिए ।

समितीका अध्यक्ष जागेश्वर बस्यालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले रक्तदान जीवन दान भएकोले यो पबित्र कार्यक्रमको आयोजना गर्ने आयोजकको खुलेरै प्रशंसा गरे । उनले यस्तो महान् तथा पबित्र कार्य बिरलै संस्थाले गर्ने गरेकोले अबका युवाहरुमा सकरात्मक सोचको विकास हुन जरुरी रहेकोमा जोड दिएका थिए ।

समितीका सदस्य हरिबहादुर चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा राप्ती गाउँपालिका पाँच नम्बर वडा अध्यक्ष वेदप्रकाश चौधरी, कार्यपालिका सदस्य रणबहादुर पुजाली, सिसहनियाँ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष इश्वरीप्रसाद अधिकारी र राप्ती गाउँपालिका चेम्बर अफ कर्मशका अध्यक्ष कुमार अधिकारी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

रक्तदान कार्यक्रममा लमही लमही रक्त सञ्चार सेवा केन्द्रकी प्रमुख मनिषा चन्द, प्राविधिकहरु सिमा वली, दिलिप चौधरी र रेखा चौधरी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन समितीका महासचिव राजेशकुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे