देउखुरीकाे विभिन्न ठाउँबाट एकैदिन ठुलाे मात्रमा अवैध पटका बरामदपछि नष्ट



देउखुरीकाे विभिन्न ठाउँबाट एकैदिन ठुलाे मात्रमा अवैध पटका बरामदपछि नष्ट

भालुवाङ २९ असाेज । दाङकाे देउखुरी क्षेत्रका विभिन्न ठाउँबाट शनिबार एकैदिन ठुलाे मात्रमा अवैध रुपमा भित्रिएका पटकाहरु बरामद गरि  नष्ट गरिएकाे छ । सशस्त्र प्रहरी बल नेपाल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङले  देउखुरीकाे कालाकाटे, भालुवाङ, सिसहनियाँ र लमहीमा सार्वजनिक सवारीसाधन जाँच गर्दा करिब ४२ प्रकारका ४ लाख ३२ हजार ८८ रुपैयाँ मुल्य बराबरकाे पटका बरामद गरेकाे हाे ।

बरामद गरेकाे पदकालाई शनिबार नै सार्वजनिक गरी जनप्रतिनिधि र पत्रकारहरुकाे रहाेबरमा गणकै हाताभित्र खाल्डाे खनी पुरेर नष्ट गरिएकाे  सशस्त्र प्रहरी उपरिक्षक एसपी बिनाेद केसीले जानकारी दिए । भारतबाट अवैध रुपमा लुकाइछिपाइ भित्र्याइएकाे पटका विभिन्न सवारीसाधन चेकजाँच गर्दा बरामद गरिएकाे थियाे । तिहारलाइ लक्षित गरेर काराेबार गर्ने उदेश्यले भारतबाट ल्याउन थालिएको पटका जफत गरिएको एसपी केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे