वाइसियल इन्चार्ज ज्ञानु केसीको घरबाटै मोटरसाइकल चोरी, भेटाउनेलाई ५१ हजार पुरस्कार



वाइसियल इन्चार्ज ज्ञानु केसीको घरबाटै मोटरसाइकल चोरी, भेटाउनेलाई ५१ हजार पुरस्कार
भालुवाङ २९ असोज । नेकपा माओवादी केन्द्र निकट वाइसियल राप्ती गाउँपालिका इन्चार्ज ज्ञानु केसीकाे आफ्नै घरबाटै माेटरसाइकल चाेरी भएकाे छ । गत बिहीबार राती राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित आफ्नै घरको कम्पाण्ड भित्र राखी राखेको बा ३० प ६०२६ नम्बरको कालो रङको २२० एफ कम्पनीको मोटरसाइकल चोरी भएको पिडित केसीले देउखुरी टुडेलाइ जानकारी दिएका छन् ।
यसैबीच मोटरसाइकल भेटाउने मानुभावलाई केसीले नगद ५१ हजार पुरस्कार दिने बताएका छन् । साथै मोटरसाइकल भेटाउनेले मोबाइल नम्बर ९७६५२१७४४९,९८१२८८६४६५ र ९८४३७४५१२२ वा नजिकैकाे प्रहरी चाैकीमा खबर गरी सहयाेग गरिदिन केसीले सबैमा आग्रह समेत गरेका छन्  ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे