राप्ती गाउँपालिकालाई सिपी नेपालद्धारा ५ लाख बराबरको राहत सामाग्री प्रदान
भालुवाङ २९ असोज । देउखुरीकाे राप्ती गाउँपालिकालाई क्रियटिङ पोसिविलिटिज नेपाल (सिपी नेपाल)ले शुक्रबार ५ लाख बराबरको राहत सामग्री प्रदान गरेको छ । बाढीबाट अति प्रभावित परिवार ५० घरपरिवारलाई एकद्वार प्रणाली मार्फत राहत उपलब्ध गराउँन सिपी नेपालले २५ केजीको १०० बोरा चामल, दाल ५० केजी, नुन ५० केजी, तेल ५० लिटर, बल्याङकेट ५० सेट, भाडा ५० सेट हस्तान्तरण गरेको हाे ।
प्रतिक्रिया दिनुहोस्