सुनको मूल्य बढ्यो, चाँदीको घट्यो



सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

असोज २६ काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय र तेजावी सुनको मूल्य ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे