प्रदेशसभा सदस्यको उम्मेदवार गंगाराम भट्टराई, काे हुन् ? जो देउखुरीको सम्भावना र विकासका आधार हुन् !
गंगाराम भट्टराई दाङ देउखुरीका लागि एउटा नाम मात्रै होइन, ब्राण्ड बनिसकेको छ । सामाजिक क्षेत्रमा निकै सक्रिय गंगाराम भट्टराई अहिले निर्णायक राजनितीक यात्रामा अघि बढ्नु भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भट्टराई मंसिर ४ गते हुदै गरेको प्रदेश सभा सदस्य प्रत्येक्ष निर्वाचनमा दाङ क्षेत्र नम्बर १(१) को प्रदेश सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । राजनैतिक नेतृत्व बाट समाज विकास, सुशासन, पारदर्शिता, जवाफदेहीता, सेवा प्रवाहमा चुस्तता कायम गराउदै लुम्विनी प्रदेश राजधानी ब्यवस्थापन तथा अविलम्व कार्य सम्पादन संचालनका लागी उहाँको उम्मेदवारी हो ।
भट्टराई को हुन् ?
बुवा इश्वरीराज उपाध्याय । आमा सीता देवि भट्टराईको कोखबाट वि.सं.२०३६ साल बैशाख १७ गते प्यूठानमा जन्मिनु भएका भट्टराईले ११ बर्षको कलिलो उमेरमा बुवा गुमाउन पुग्नु भयो । बुवाको निधन पछि भट्टराईको परिवारले निकै दुःख भोग्नु पर्याे । कक्षा ७ मा पढ्दापढ्दै भट्टराई कामको खोजिमा भारत पस्नुपर्याे । आफु भन्दा मुनिको बहिनी र आमाको ख्याल गर्नुपर्ने अर्काे जिम्मेवारी पनि थियो ।
दोहोरो जिम्मेवारीलाई काँधमा बोकेर भट्टराईले बाल्यकालमा समेत परिपक्व र दिर्घकालिन सोच लिइ आफ्नो कुशल नेतृत्व भूमिका निर्वाह गर्नु भयो । कक्षा १० सम्मको यात्रा यस्तै चल्यो । भर्ना हुने काममा भारत जाने, परीक्षा दिन घर आउने, भर्ना हुने फेरि भारत जाने क्रम चलिरह्यो । भारतमा काम गर्दा थुप्रै दुःख कष्ट भोग्नु पर्याे । तर, भट्टराई यति बेला सम्म काम गर्न सिकिसकेकाले कतै बिचलित हुनु भएन । भारतको पञ्जावमा १६ बर्षको उमेरमा सिलाइकटाइ सिकि सोही क्षेत्रको नामुद गार्मेन्ट कम्पनीमा समेत करीव दुई सय मजदुरहरुको नेतृत्व गरी मजदुर हकहितका लागि उनको राजनैतिक यात्रा समेत प्रारम्भ भयो ।
पारिवारीक जिम्मेवारीका कारण पुनः नेपाल फर्कि सिकेको सिपले प्युठान खलंगामा समाजलाई चुनौति दिदै श्रम र सिपको सम्मान गरी भट्टराई सिलाइ सेन्टरको नाममा ब्यवसायिक टेलर समेत संचालन भएको थियो । गरिबी के हो ? दुःख के हो ? एक छाक राम्रोसँग खान नपाउदाको पीडा र संर्घष भट्टराईलाई राम्रो संग अनुभव छ । यस्ता सामाजिक बिभेद , अभाव र गरिविलाई उत्थानका लागि उनि संग प्रभावकारी कार्य योजना रहेकाले यस लाई राजनैतिक नेतृत्व लिइ जनताको अवस्थामा परिवर्तन ल्याउने दैडमा लागेका छन् ।
सामाजिक योग्दान र नेतृत्व :
प्यूठानबाट बसाइँसराइ गरेर २०५७ सालमा राप्ती गाउँपालिका वडा नं. ८ पिपरी आएपछी भट्टराई राजनैतीक तथा सामाजिक काममा सक्रिय हुनु भयो । साविक सिसहनिया गाविसको राजनितीक संयन्त्रमा समेत रहेर विकास निर्माणको कामलाई नजिकबाट नेतृत्व गर्ने अवसर पाउनु भयो । यति मात्रै होइन सिंगो देउखुरीको आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ लगायत पूर्वाधार विकासमा उहाँले भूमिका खेल्नु भएको छ ।
अभियानहरुको नेतृत्व गर्नु भएको छ । नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य हुदै साविक लालमटीयाको सभापति समेतको जिम्मेवारी निभाउनु भएको छ । उतिबेला उहाँको नेतृत्वमा भारतीय दुतावासबाट एम्बुलेन्स समेत प्राप्त भएको र हाल समेत सञ्चालनमा छ । सिसहनिया स्वास्थ्य चौकीको स्ततरबृद्दि र सेवासुविधा थपको लागि समेत भट्टराईले लिएको पहलकदमीले सार्थकता पायो । कुनै बेला सिसहनिया स्वास्थ्य चौकीले थालोको नवजात शिशुको लागि न्यानो कपडा कार्यक्रम देशभर नमुना बन्न पुगेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र लमहीको स्तरबृद्दि गरि अस्पताल निर्माण गर्ने, लमहीमा मालपोत, नापी कार्यालय स्थापना गर्नथालिएको पहलमा समेत भट्टराई अग्रपंक्तिमा हुनुहुन्थ्यो । मिति २०६९ सालमा देउखुरी उद्योग बाणिज्य संघको उपाध्यक्ष भएर समग्र देउखुरीको आर्थिक विकास, उद्योगी व्यवसायीको हकहितमा समेत समर्पित भएर लाग्नु भयो ।
नेपाल सरकारले गठन गरेको अव्यवस्थित वसोवास आयोगको जिल्ला अध्यक्ष समेत हुनु भएका भट्टराईले आफ्नो कार्यकालमा भूमिहिन किसानलाई जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रिया थाल्नु भएको थियो । तर, आयोग विघटन भएपछी उतिबेला त्यो जिम्मेवारीले पूर्णता पाउन सकेन । समुदाय स्तर देखि नीति निर्माण तह सम्म काम गरेको अनुभव भट्टराई संग छ । सामुदायिक बन, बचत तथा ऋण सहकारीको अध्यक्ष भएर काम गर्नु भएको छ । लमही नगर विकास समितिको सदस्यको जिम्मेवारीमा रहेर लमही बजारको पुर्ब पश्चिम राजमार्ग चौडा गर्ने कामको अगुवाइ समेत गर्नु भएको थियो । देउखुरी सामुदायिक प्रहरी सेवा केन्द्र, देउखुरी क्रिकेट क्लवको आजिवन सदस्य समेत रही आफ्ना अनुभवलाई कार्यान्वयन तह सम्म पुर्याउन भुमिका खेल्दै आइरहेका छन् ।
एउटा गर्विलो काम, जो सधैं स्मरणीय र दर्शनीय :
१० बर्ष अघि देउखुरीमा बाढिमा परेर चार जनाको निधन भएको थियो । तीन हजार बढी नागरिक बिस्थापित भएका थिए । दोलही खोलामा आएको बाढीले डुबान र कटान गरेको थियो । तत्कालीन रुपमा राहात र पुनःस्थापनको काम अघि बढ्यो । दिर्घकालिन रुपमा समस्या समाधान गर्न गंगाराम भट्टराईको नेतृत्वमा दोलही खोला तटबन्ध व्यवस्थापन समन्वय समिति गठन भयो । यो समितिले काम अघि बढायो । काठमाडौं मन्त्रालयमा डेलिगेसन गयो । फाइल तयार भयो । बहुबर्षिय योजना स्वृकित भयो । अहिलेसम्म करिब ५० करोड बढि बजेटबाट दोलही खोलाको दुबै किनारमा तटबन्ध भयो । दर्जनौं बस्ति सुरक्षित भए । यसको नेतृत्व भट्टराईले गर्नु भएको हो । जुन आज पनि स्मरणीय रहेको छ ।