दाङको राप्ती गाउँपालिका घरभई हाल अमेरिका बस्दै आएका विशाल केसीद्धारा बाढीपिडितहरुलाई राहत प्रदान



दाङको राप्ती गाउँपालिका घरभई हाल अमेरिका बस्दै आएका विशाल केसीद्धारा बाढीपिडितहरुलाई राहत प्रदान

सिसहनियाँ २६ असोज । दाङको राप्ती गाउँपालिका—५, पहरुवा घर भई हाल अमेरिकामा बस्दै आएका विशाल केसीले त्यहाँ रहेका नेपाली युवाहरुबाट बाढी पिडितहरुका लागि संकलन गरी पठाएको रकमबाट उनका घरपरिवारले राहत प्रदान गरेका छन् ।

गत असोज २१ गते आएको बाढीले दाङको राप्ती गाउँपालिका सहित देशका विभिन्न ठाउँमा घर डुवान भई ठुलो जनधनको क्षती भएको खवर सुनेर दाङको राप्ती गाउँपालिका—५ पहरुवा निवासी खुमान केसी र देवका केसीका एक मात्र छोरा विशाल केसीले अमेरिकामा बस्दै आएका नेपालीहरुबाट बाढी पिडितहरुका लागि संकलन गरी पठाएकोे रकमबाट अति बाढी प्रभावित २० घर परिवारलाई राहत प्रदान गरिएको हो ।

बिशालले अमेरिकामा संकलन गरेको नेपाली पैसा कुल १ लाख १ हजार ८ सय ४६ रुपैयाँ ८० पैसाबाट उनका आमा देवका केसीले राहत सामाग्री किनेर मंगलवार राप्ती गाउँपालिका—५, पहरुवा गाउँका अति बाढी प्रभावित २० घर परिवारलाई आवश्यकताका आधारमा प्रति घर २५ केजी चामल, १ केजी दाल, १ केजी चिनी, १ पोका तेल, १ केजी चिउरा, ६ प्याकेट चाउचाउ, १ प्याकेट चियापत्ती, १ थान बल्याङकेट, कापी, कलम, पेन्सिल लगायतका सामाग्री वितरण गरिएको बाँकी बचेको रकमबाट राप्ती गाउँपालिका—८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा आवश्यक सामाग्री सहयोग गर्ने विशालकी आमा देवका केसीले जानकारी दिएकी छिन् ।

राप्ती गाउँपालिका—५, पहरुवा गाउँमा एकदमै क्षति पुर्‍याएका, साँझा बिहान खानाका लागि अन्नपात नभएका र सुत्नलाई बिस्तारा समेत नभएका बाढी पिडितहरुलाई घर मै गई उक्त राहत प्रदान गरिएको छ । उक्त राहत सामाग्री पहरुवा गाउँका महाबीर कुमाल, सवरी श्रेष्ठ, जुद्धिया चौधरी, जगप्रसाद गुप्ता, निर्मला वली, उदयराम पुन, देवी कुमाल, मोहन वली, भिमसेन समाल, राजकुमार चौधरी, प्रेमलाल चौधरी, कमल समाल, इन्द्राप्रसाद चौधरी, ज्ञानबहादुर दानमगर र श्रीपाल चौधरी लगायतका घरमा गई प्रदान गरिएको थियो ।

राहत बितरण कार्यक्रममा बिशालकी आमा देवका केसी, उनकी अन्टी सुमित्रा केसी, बहिनी बिनिता केसी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका निमित्त स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता, देउखुरी टुडे डटकमकी प्रबन्धनिर्देशक पम्फा गौचन, स्थानीय निर्मला वली र हेमन्त भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे