मौसमी प्रणाली कमजोर बन्दै, हिजोअस्तिको जस्तो ठूलो पानी नपर्ने



मौसमी प्रणाली कमजोर बन्दै, हिजोअस्तिको जस्तो ठूलो पानी नपर्ने

काठमाण्डाै २५ असाेज । एक हप्ताअघिदेखि देशका सबैजसो ठाउँमा पानी पारेको मौसमी प्रणाली कमजोर बनेको छ । हिजोसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा गराएको प्रणाली आजदेखि कमजोर भएको मौसमविद् विनु महर्जनले बताइन् ।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा बदली भएर केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको र बेलुकीदेखि मौसम सफा हुँदै जाने उनले बताइन् ।

काठमाण्डौ उपत्यकासहित पूर्वका क्षेत्रमा भने अझै तीन दिनसम्म मौसम बदली हुने सम्भावना रहेको छ । मौसम बदली भएर सामान्य पानी परे पनि ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद् महर्जनले बताइन्।

अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश-१, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा सामान्य पानी परिरहेको छ । बङ्गालको खाडीमा विकास भएको न्यून चापीय क्षेत्र सर्दै भारतको हरियाणा आसपासमा रहेको र त्यसको प्रभावले नेपालमा बदली भएको मौसमविद्ले बताएका छन् ।

पछिल्लो पटक पानी पारेको प्रणाली कमजोर बन्दै गएको र तत्काल अर्को प्रणाली नदेखिएकोले अब केही दिनमा नेपालबाट मनसुन बाहिरिने सम्भावना रहेको पनि मौसमविद् महर्जनले बताइन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे