पुर्व जनस्वास्थ्य अधिकृत बसन्त कुमार रावत (विके) को निधन



पुर्व जनस्वास्थ्य अधिकृत बसन्त कुमार रावत (विके) को निधन

सिसहनियाँ २५ असोज । पुर्व जनस्वास्थ्य अधिकृत बसन्त कुमार रावत (विके) को ६२ वर्षको उमेरमा सोमवार बेलुका काठमाण्डौंमा निधन भएको छ ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँ निवासी रावतको सोमवार बेलुका करिव ६ः३० बजे काठमाण्डौं स्थित हेम्स हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । लामो समय देखि नशा तथा मुटुको समस्याले ग्रस्त भएका रावतको आइसियुका राखेर उपचार भइरहेका बेलका सोमवार हस्पिटलमै निधन भएको हो ।

२०१७ साल बैशाख २५ गतेका दिन जन्मिएका रावत जिल्ला जनस्वास्थ्य कार्यालय दाङका पुर्व जनस्वास्थ्य अधिकृतको रुपमा काम गरेका थिए । भने सिसहनियाँ स्वास्थ्य चौकीको इन्चार्ज र मुना मिडिसियन सञ्चालन गरी विरामीहरुलाई उपचार गर्दै आएका थिए । उनको आज विहान पशुपति आर्यघाटमा अन्टेष्टि गरिने बताइएको छ ।
यसै बीच रावतको निधनमा सिसहनियाँ उद्योग वाणिज्य संघले दुख व्यक्त गरेको छ । संघका अध्यक्ष पुणर्बहादुर बुढाथोकी र वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले रावतको निधन प्रति सिंगो व्यापारी तथा सिसहनियाँ बजारबासीलाई अतुलनीय क्षती पुगेको भन्दै मृतक आत्माको चिर शान्तिको कामना गर्दै समवेदना प्रकट गरेको छ ।

साथै रावतको निधन प्रति संघले मंगलवार १ बजे सम्मका लागि सिसहनियाँ बजार बन्द गरि शोक मनाउन लागेको संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् । यसै क्रममा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले पनि रावतको निधन प्रति शोक वक्तव्य जारी गरि समवेदना प्रटक गर्दै उद्योग वाणिज्य संघले शोकमा गरेको बजार बन्दको समर्थन जनाएको चेम्बरका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे