पानीमा डुबेर एक जनाको मृत्यु



पानीमा डुबेर एक जनाको मृत्यु

असोज २४ तुलसीपुर/ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित हात्तीखौवा नजिकै जमेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका –१ बयालेकोट निबासी ४४ वर्षीय लुमप्रसाद भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।भण्डारीलाई स्थानीयले सोमबार बिहान खाल्डोमा जमेको पानीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

वेवारिसे अवस्थामा हिड्ने भण्डारीको मादक पदार्थ सेवन गरेर खाल्डोमा परी मृत्यु भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले बताए । मृतकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे