दाङका तीनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे उम्मेदवारी दर्ता



दाङका तीनवटै क्षेत्रमा  राष्ट्रिय स्वतन्त्र पार्टीकाे उम्मेदवारी दर्ता

दाङ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी दाङले पनि उम्मेदवारी दर्ता गराएको छ ।

जस अन्तर्गत दाङ क्षेत्र नं १ मा देवराज पाठक, क्षेत्र नं २ मा बिशाल अधिकारी र क्षेत्र नं ३ मा कमल सुवेदीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत मान बहादुर विष्टले जानकारी दिए ।

पाठक लामो समय नेपाली कांग्रेसमा शिक्षक संगठनमा रहेर राजनीतिक गरेर खारिएका व्यक्ति हुन । शिक्षक संगठनमा बसेर राजनीति गरेका पाठक नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङको सदस्य समेत रहेका भूमिका निर्बाह गरि सकेका छन ।

नेपाली कांग्रेस भित्र नाताबाद कृपाबादको गलत प्रवृति हावी हुँदै गएपछि पार्टी परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे