प्रदेश राजधानी स्थान्तरण तथा जग्गा फुकुवा मेरो मुख्य एजेण्डा हो : भट्टराई



प्रदेश राजधानी स्थान्तरण तथा जग्गा फुकुवा मेरो मुख्य एजेण्डा हो : भट्टराई

देउखुरी २३ असोज । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य गंगाराम भट्टराईले लुम्बिनी प्रदेशको राजधानी स्थान्तरण तथा जग्गा फुकुवा लगायतका महत्वपुर्ण एजेण्डा बोकेर चुनावमा होमिन लागेको बताएका छन् । आइतवार लमहीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दाङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ क को प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता पछि देउखुरी टुडे सँग संक्षिप्त कुरा गर्दै सो कुरा बताएका हुन् ।

प्रदेश राजधानी ल्याउने काम पनि एमाले नेतृत्वको सरकारले गरेको र राजधानी स्थान्तरण पनि एमाले नेतृत्वको सरकारले मात्र गर्न सक्ने तथा हाल रोक्का रहेको जग्गा फुकुवा पनि एमालेले मात्र गर्न सक्ने भएकोले आफु चुनावमा होमिन लागेको भट्टराईले बताएका छन् । त्यस्तै उनले प्रदेश राजधानीको विकास, भारत सँग जोडिएका नाका सुचारु, गरिव विपन्न परिवारको उचित व्यवस्थापन र सुखी जनता संम्वृद्ध नेपालको नारा पुरा गर्न यस पटकको निर्वाचनमा आफुलाई सुर्य चिन्हमा मत हालि अत्यधिक बहुमतले विजय बनाउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे