प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा २७ जनाको उम्मेदवारी दर्ता



देउखुरी २३ असाेज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतवार लमही स्थित मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा प्रतिनिधि सभा तर्फ १२ जना, प्रदेश सभा क मा ९ र प्रदेश सभा ख मा ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय लमही जानकारी दिएको छ ।

क-कसले गराए उम्मेदवारी दर्ता नामावली सहित 

प्रतिनिधिसभा सदस्य तर्फ

नेकपा एमालेबाट – शान्ता चौधरी

एकीकृत समाजवादी पार्टीबाट – मेटमणी चौधरी

नेपाली कांग्रेस बीपीबाट – अशोक खड्का

राष्ट्रिय स्वतन्त्र पार्टीबाट – देवराज पाठक

हाम्रो नेपाली पार्टीबाट – गंगा थारु सतगौंवा

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थारुहटबाट – रुक्मिनी चौधरी

नेपाल मजदुर किसान पार्टीबाट – गणेशभक्त खरबुजा

लोकतान्त्रिक समाजवादी पार्टीबाट – प्रतिमा बुढामगर

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट – लीला बुढाथोकी

राष्ट्रिय उन्मुक्ति पार्टीबाट – सुरेन्द्र चौधरी

मंगोल नेशनल अर्गनाइजेशनबाट – शोभराम बुढा

स्वतन्त्र- चन्द्रमणी न्यौपाने

प्रदेशसभा १(क) तर्फ 

नेकपा एमालेबाट – गंगाराम भट्टराई

नेकपा माओवादी केन्द्रबाट – इन्द्रजीत चौधरी

राष्ट्रिय जनमोर्चाबाट – महेशचन्द्र रिजाल

मंगोल नेशनल अर्गनाइजेशनबाट – खुमबहादुर गाहामगर

जनता समाजबादीबाट – जगतराम यादव

हाम्रो नेपाली पार्टीबाट – टंकबहादुर विष्ट

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट – दामोदर चौधरी

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट – मानबहादुर चन्द

नागरिक उन्मुक्ति पार्टीबाट – रंञ्जीत चौधरी

प्रदेशसभा १(ख ) तर्फ

नेकपा एमालेबाट- कुलबहादुर खत्री क्षेत्री

नेपाली कांग्रेस पार्टीबाट – अनुराग खड्का

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट – गोरखबहादुर केसी

नागरिक उन्मुक्ति पार्टीबाट – भक्तिराम चौधरी

लोकतान्त्रिक समाजवादी पार्टीबाट – राजकुमार विश्वकर्मा

मंगोल नेशनल अर्गनाइजेशनबाट – टिकलाल चौधरी

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे