पालिका चुनावकाे खर्च विवरण नबुझाएका उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा जरिबाना बुझाउन सक्ने



पालिका चुनावकाे खर्च विवरण नबुझाएका उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा जरिबाना बुझाउन सक्ने

काठमाण्डाै २२ असाेज । पालिका चुनावकाे खर्च विवरण नबुझाएका उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा जरिबानाबापतकाे रकम बुझाउन सक्ने निर्वाचन आयाेगले जनाएकाे छ ।

आयोगले गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावमा उम्मेदवार भइ कानुनबमोजिम चुनावकाे खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिबाना बापतको रकम दाखिला गर्न सहजताका लागि आयोगको बहादुर भवनमा रहेकाे कार्यालय, सात वटै प्रदेश कार्यालय र ७० वटै जिल्ला कार्यालयमा  समेत रकम बुझाउनसक्ने व्यवस्था गरेको हाे ।

आयोगले याे निर्णयबारे आज विज्ञप्तिमार्फत जानकारी दिएकाे छ। आयोगले कानुनबमोजिमको जरिबाना रकम निर्वाचन आयोगको कार्यालय कोड र सम्बन्धित राजश्व शीर्षकमा दाखिला भएको भौचरसहितको निवेदन प्रदेश र जिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न यसअघि निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे