दाङकाे तुलसीपुर स्थित बबई नदी किनारमा तीन जनाको शव फेला



दाङकाे तुलसीपुर स्थित बबई नदी किनारमा तीन जनाको शव फेला

तुलसीपुर २० असोज । बबई नदी किनारमा तीन जनाको शव फेला परेको छ । तुलसीपुर १३ बबरपुरमा शव फेला परेको तुलसीपुर प्रहरीले जानकारी दिएको छ ।फेला परेको शव पहिले नै कालगतिले मरेको गाडेको शव भएको प्रहरीले बताएको छ।

स्थानीयका अनुसार शव भेटिएको १०० मिटर नजिकै क्रिष्चियन धर्मालम्बीहरुले शव गाड्ने जमिन रहेकोले बबईमा आएको बाढीले अहिले निकालेर किनारमा फालेको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । स्थानीय, जनप्रतिनिधि, र प्रहरीको उपस्थितिमा शव ब्यबस्थापन गरिने प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे