भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गयो , १५ जना घाइते



भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गयो , १५ जना घाइते

भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । भारतको उत्तराखण्डमा ६१ जना सवार बस पाउरी गरवाल जिल्लामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

२१ जनाको उद्धार गरिएको उत्तराखण्ड पुलिसलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खराब मौसमका कारण बस अनियन्त्रित भइ दुर्घटना भएको अनुमान छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गरी शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे