दाङमा लगातारको वर्षाका कारण आएकाे बाढीले ९ घर डुबानमा



दाङमा लगातारको वर्षाका कारण आएकाे बाढीले ९ घर डुबानमा

दाङ २० असाेज । लगातारको वर्षातका कारण दाङको बबई नदीमा आएको बाढीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बगरपुरमा ९ वटा घर डुबानमा परेका छन् । प्रहरीका अनुसार नदीको बीचमा ९ वटा घरमा ३५ जना फसेका छन् । यस्तै तुलसीपुर–१५ मलवारमा ६ वटा घर डुबानमा परेका छन् ।

घर डुबानमा परेका कारण ६ घर परिवार आफन्तीको घरमा बसेका छन् । यस्तै दाङको देउखुरी क्षेत्रको राप्ती नदीमा आएको बाढीले नदी तटीय क्षेत्र जलमग्न भएको छ । प्रहरीका अनुसार आसपासका केही घरहरू डुबानमा परेको र केहीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । वर्षातका कारण लमही–४ शान्तिनगरमा पनि २ घर डुबानमा परेका छन् । पहिरो र बाढीले घरमा डेढ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे