चालक र यात्रुले ट्राफिक नियमको पालना गर्नुुहोस् : प्रहरी प्रमुख भट्ट



चालक र यात्रुले ट्राफिक नियमको पालना गर्नुुहोस् : प्रहरी प्रमुख भट्ट

ओमप्रकाश गुप्ता, सिसहनियाँ २९ कार्तिक ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले सवारी चालकहरुलाई सुरक्षित तरिकाले सवारी चलाउन तथा यात्रुहरुलाई ट्राफिक नियमको पालना गरि हिड्न सुझाव दिएका छन् ।

प्रतिनिधी सभाका सदस्य गंगा थारुको आग्रह तथा पहलमा राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँमा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङ र प्रहरी चौकी सिसहनियाँको सहकार्यमा इलाका प्रहरी कार्यालय भालुवाङले आयोजना गरेको प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना कार्यक्रमलाई सहजीकरण गर्दै प्रहरी निरिक्षक भट्टले सो सुझाव दिएका हुन् ।

दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभुति गराउन सचेतना कार्यक्रमको आयोजना गरेको बताउँदै सवारी चालकहरुलाई सडक सुशासन कायम गर्न र दुर्घटना न्यूनीकरण गर्न सवारी चालकहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

तिहार तथा छठ पर्वलाई लक्षित गदै आयोजना गरिएको कार्यक्रममा बोल्दै भट्टले सवारी चालकहरुलाई आफ्नो पेशाप्रति जिम्मेवार भएर सेवा दिन आग्रह गरे । उनले सवारी चालककै कारणले सडक दुर्घटना बढी हुने देखिएकाले सवारी चालकहरुलाई सवारी चलाउदा संम्यम भएर चलाउन सुझाब पनि समेत दिए । त्यस्तै उनले यात्रुहरुलाई ट्राफिक निमयको पालना अनिर्वाय गरी आवातजावत गर्न सुझाव दिएका छन् ।

चाडपर्वका बेलामा यात्रुहरु धेरै हुने र सवारी साधनहरुको धेरै चाप हुने भएकाले सचेतना कार्यक्रम गरी सवारी चालक र स्थानीयहरुलाई सचेत गराइएको भट्टको भनाई छ । कार्यक्रमलाई अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख नन्द पोख्रेलले पनि सहजीकरण गरेका थिए ।

कार्यक्रममा प्रहरी चौधरी सिसहनियाँका प्रमुख तथा प्रहरी सहायक निरिक्षक बत्तीकुमार पोख्रेल, समाजसेवी तथा बुद्धिजीवि नन्दकुमार चौधरी, पत्रकारहरु ओमप्रकाश गुप्ता, सागर थापा, गाउँ अगुवा रमेशकुमार चौधरी , युएनका कर्मचारी मिनबहादुर चौधरी, डा. श्रवनकुमार चौधरी, एन.आई.सी बैंक सिसहनियाँका प्रमुख विद्यमान चौधरी, नागरिक अगुवा, चालक, सहचालक र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे