प्युठानकाे ददेरीमा गुडिरहेको बसको ढोकाबाट लडेर एक महिलाको मृत्यु



प्युठानकाे ददेरीमा गुडिरहेको बसको ढोकाबाट लडेर एक महिलाको मृत्यु

प्यूठान १८ असाेज । प्युठानको सरुमारानी गाउँपालिका – २ ददेरीमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको ऐरावती गाउँपालिका -३ निवासी अन्दाजी ४५ वर्षिया वसन्ता पाण्डेको बसको ढोकाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए।

खड्काका अनुसार मंगलवार दिउसो साढे १२ बजेतिर सरुमारानी -३ नौघाट देखि दाङको भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९४७४ नम्वरको बसको ढोकाबाट खसेर पाण्डे गंभिर घाईते भएकी थिईन । घाइते पाण्डेलाई उपचारका लागि भालुवाङ स्थित राप्ती पोलिक्लिकमा लगिएकोमा पोलिक्लिनीकले मृत घोषणा गरेपश्चात पोस्टमार्टमका लागि लमही लगिएको प्रहरी नायव उपरिक्षक खड्काले बताए । उनले भने,’ ढोकामा आएर बान्ता गर्ने क्रममा पाण्डेले सन्तुलन गुमाएर लड्न पुगेको भन्ने खुल्न आएको छ।’ बस चालक र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे