देउखुरीको बराखुट्टीमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिंदा दुई जना गम्भीर घाइते



देउखुरीको बराखुट्टीमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिंदा दुई जना गम्भीर घाइते

भालुवाङ १७ असोज । दाङ—देउखुरीको राप्ती गाउँपालिका—२ बराखुट्टीमा सोमबार दिउँसो करिब साढे ४ बजेको समयमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिंदा दुई जना गम्भीर घाइते भएका छन् ।

दाङको घोराहीबाट कपिलबस्तु तर्फ जाँदै गरेको लु ६० प ८६७५ नम्बरको मोटरसाइकलले पूर्वबाट पश्चिम तर्फं जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिंदा साइकल यात्री राप्ती गाउँपालिका—१, पाखापानी निवासी बर्ष ३९ का सुर्यबहादुर कुमाल र मोटरसाइकल चालक कपिलबस्तु जिल्ला मायादेवी गाउँपालिका—६ बस्ने बर्ष २२ का अभिषेक चौधरी गम्भीर घाइते हुनु भएको प्रहरी चौकी मसुरियाका प्रहरी प्रमुख निमबहादुर केसीले जानकारी दिए ।

घाइते दुबैको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते दुबैलाई भालुवाङ अस्पतालमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । साइकलयात्रीले बाटो काट्ने क्रममा तीब्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिंदा उक्त दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीले देउखुरी टुडेलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे