राप्ती प्रेस मञ्चको पहिलो स्थापना दिवस तथा बार्षिक उत्सव कार्यक्रम निलसागर सेवा आश्रममा



राप्ती प्रेस मञ्चको पहिलो स्थापना दिवस तथा बार्षिक उत्सव कार्यक्रम निलसागर सेवा आश्रममा

सिसहनियाँ १७ असाेज । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ-देउखुरीको राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका स्तरिय गठित राप्ती प्रेस मञ्चले आफ्नो पहिलो स्थापना दिवस तथा बार्षिक उत्सव कार्यक्रम आज सोमबार निलसागर सेवा आश्रममा मनाएको छ ।

मञ्च स्थापना भएको आज एक बर्ष पुरा भएको भन्दै मञ्चले राप्ती गाउँपालिका-८, पिपरीमा अवस्थित निलसागर सेवा आश्रममा एक कार्यक्रमको आयोजना गरी कोसेली स्वरुप फलफूल बितरण गर्नुका साथै फ्रिज उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष तथा आश्रमका संस्थापक अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मञ्चका अध्यक्ष अधिकारीले आश्रमलाई केही दिनमै फ्रिज प्रदान गर्ने घोषणा गरेका छन् ।

सो अवसरमा बोल्दै पालिका अध्यक्ष प्रकाश बिष्टले संस्था स्थापना गर्नु मात्र ठुलो कुरा नभई संस्था गर्ने काम ठुलो भएको बताउँदै उहाँले पत्रकारहरुको संस्थाले आफ्नो पहिलो स्थापना दिवसका अवसरमा जुन कार्यक्रम छान्नु भयो यो नै महान् कार्य भएको भन्दै प्रशंसा गरे । उनले निलसागरलाई विभिन्न समाजिक संघसंस्थाहरुबाट सहयोग प्राप्त भइरहेको जानकारी दिंदै आश्रमलाई थप व्यवस्थीत र प्रभावकारी बनाउन सबैको महत्वपूणर् भुमिका रहको समेत बताए ।

मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्य, संस्थागत परिचय र बिषय प्रबेशबाट शुरू भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश पार्सद तथा मञ्चका मुख्य संरक्षक महेशचन्द्र रिजाल, आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चौधरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मञ्चका प्रथम उपाध्यक्ष बासुदेव न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

वि.सं. २०७८ असोज १७ गते अर्थात आज कै दिन भालुवाङ स्थित होटेल पौवामा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, महासंघ कै सह-सचिव दशरथ घिमिरे, महासंघकै सदस्यद्वय दुखहरण यादव र शिवराज खनालको बिशेष उपस्थित तथा रोहबरमा राप्ती प्रेस मञ्चको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे