वार्ता समितिमा कुरा नमिलेपछि ओली र ठाकुरबीच छलफल
काठमाडौं /चुनावी गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गठन गरेको वार्ता समिति र नेकपा एमालेको शीर्ष नेताबीच दुई तीनसम्म चलेको वार्तामा कुरा नमिलेपछि दुई पार्टीका अध्यक्ष नै छलफलमा जुटेका छन् ।
गठबन्धनको विषय टुंग्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको बीचमा छलफल भएको लोसपा नेपाल स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्