डाक्टर गोविन्द केसीलाई कोरोना सङक्रमण



डाक्टर गोविन्द केसीलाई कोरोना सङक्रमण

काठमाण्डौ २८ कार्तिक । डाक्टर गोविन्द केसीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । बिहीबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन् । ज्वरो र श्वासप्रश्वासमा समस्यासँगै केसीलाई खोकी लागिरहेको सुवेदीले बताए ।

डाक्टर केसीको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै केसीले अभियान चलाइरहेका छन् । केही समयअघि मात्रै उहाँले १९ औँ पटकको सत्याग्रह तोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे