देउखुरीकाे सिसहनियाँ स्वास्थ्य चौकीमा २४ सैँ घण्टा आकस्मिक उपचार सेवा शुरु



देउखुरीकाे सिसहनियाँ स्वास्थ्य चौकीमा २४ सैँ घण्टा आकस्मिक उपचार सेवा शुरु

सिसहनियाँ १४ असोज । पूर्व—पश्चिम राजमार्गमा हुने सवारी दुर्घटना र अन्य आकस्मिक बिरामीको उपचारको लागि दाङ—देउखुरीको राप्ती गाउँपालिका—५, स्थीत सिसहनियाँ स्वास्थ्य चौकीमा शुक्रबार देखि २४ सै घण्टा स्वास्थ्य सेवा सुरु भएको छ ।

राप्ती गाउँपालिकाले शुक्रत्रार एक कार्यक्रमको आयोजना गरी २४ सै घण्टा आकस्मीक सेवा सुरु गरेको हो । सिसहनियाँ स्वास्थ्य चौकीमा विहान १० बजे देखि बेलुका ५ बजे सम्म मात्रै स्वास्थ्य सेवा प्रदान हुदै आएको थियो । तर, अव २४ सै घण्टा आकस्मीक स्वास्थ्य उपचार सेवा दिन थालिएको छ ।

स्थानीय सरकारले एमविविएस डाक्टरको दरवन्दीको व्यवस्था गरेर आकस्मीक सेवालाई २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्न थालेको हो । उपचार सेवा सजह रुपमा पाउन थालेपछि स्थानीयहरु खुसी भएका छन् ।

यस अघि रातीको समयमा पूर्व—पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका बिरामीलाई आकस्मीक सेवा प्रदान गर्न नसक्ने अवस्था थियो । जसले गर्दा उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकोमा अव देखि आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न सकिने अवस्था रहेको सिसहनियाँ स्वास्थ्य चौकीमा कार्यरत डाक्टर भरत पोख्रेलले बताए ।

‘कार्यालय समयमा मात्रै स्वास्थ्य चौकी खुल्थ्यो । अव २४ घण्टा खुल्छ । सबै समयमा उपचार सेवा पाईन्छ’उहाँले भन्नुभयो-‘हामी दुई जना एमविविएस डाक्टर छौं । अन्य स्वास्थ्यकर्मी पनि छन् ।’ स्वास्थ्य चौकीबाट अस्पताल सरहको सुविधा पुर्याउने योजनाका साथ काम भइरहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

नयाँ अस्पताल भवन बनिरहेको र त्यहाँबाट सेवा सुरु नगर्दा सम्म स्वास्थ्य चौकीबाट २४ घण्टा आकस्मीक उपचार सेवा दिइने उहाँले बताउनु भयो । उहाँले ‘शिक्षा र स्वास्थ्य हाम्रा प्राथमिकताका बिषय हुन । त्यही भएर स्वास्थ्यलाई सबैको पहुँचमा पुर्यायाउन खोजेका छौं’ उहाँले भन्नुभयो-‘उपचार पाउने र बाच्ने पाउने अधिरकाको सुनिश्चितता गर्न चाहन्छौं अध्यक्ष बिष्टले भन्नु भयो ।

राप्ती गाउँपालिकाले स्वास्थ्य चौकीको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन लगानी लगाएको छ । दुई जना एमविविएस डाक्टर नियुक्त गरेर बिशेषज्ञ उपचार सहित आकस्मीक स्वास्थ्य उपचार सेवा सञ्चालन गरेको वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद चौधरीले जानकारी दिनुभयो ।

‘पहिला सामान्य उपचार गर्न पनि जिल्ला बाहिर जानुपर्ने अवस्था थियो भने अव सामान्य उपचार र बिशेषज्ञ उपचार यहीबाट दिन थालेका हौं’उहाँले भन्नुभयो-‘प्रतिबद्धता अनुसार काम भइरहेको छ ।’ आकस्मीक स्वास्थ्य उपचारलाई थप प्रभावकारी बनाउदै स्वास्थ्य चौकीको स्तरबृद्धि गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ वडाध्यक्ष चौधरीले भन्नु भयो ।

साे अवसरमा पालिका अध्यक्ष प्रकाश बिष्टले बिरामीहरुकाे स्वास्थ्य परिक्षण गर्नुका साथै ब्यानर पढेर २४ सै घण्टा स्वास्थ्य सेवाकाे सुभारम्भ गर्नु भएकाे थियाे ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएको २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवा सुभाम्भ तथा विजयादशी, शुभदीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान—प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले आधारभुत स्वास्थ्य उपचारमा नागरिकको पहुँच बढेको र बिशेषज्ञ उपचारमा पनि सबैको समान पहुँच हुनुपर्नेमा जोड दिएका थिए ।

स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष तथा ५ नम्बर वडाध्यक्ष बेदप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छबिलाल पोख्रेल, राप्ती गाउँपालिका पूर्व अध्यक्ष नुमानन्द सुवेदी, गाउँपालिकाका पूर्व उपाध्यक्ष जगदम्बाकुमारी चौधरी पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपबहादुर वली सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेडक्वाटर भालुवागका डिएसपी कर्णबहादुर बुढामगर नेकपा एमालेका राप्ती गाउँपालिका इन्चार्ज हरि बेल्बासे  एमाले कै राप्ती गाउँपालिका अध्यक्ष मदन अधिकारी नेपाली काँग्रेस राप्ती गाउँपालिका सभापति बिधासरण चाैधरी र नेकपा माअाेवादी केन्द्र राप्ती गाउँपालिकाका कार्यबाहक अध्यक्ष नारायण शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा नेकपा एकिकृत समाजवादीका राप्ती गाउँपालिका अध्यक्ष शिशिर केसी नेकपाका जिल्ला इन्चार्ज यमलाल कटवाल राष्ट्रिय जनमाेर्चाका गिरबहादुर पाैडेल राष्ट्रिय स्वतन्त्र पार्टीका राप्ती गाउँपालिका अध्यक्ष दाेर्ण जिसी म‌गाेल नेशनल पार्टीका राप्ती गाउँपालिका अध्यक्ष शाेबबहादुर मगर सिसहनियाँ उधाेग बाणिज्य स‌घकम अध्यक्ष पूर्णबहादुर बुढाथाेकी राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी र महिला स्वास्थ्य स्वयमसेविका पुष्पा भट्टराई लगायतका  बक्ताले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे