चाडपर्व लक्षित सुरक्षामा दाङ एसपी वलीको कडाई, मातहतका प्रहरीलाई सक्रिय रुपमा खटिन वलीको निर्देशन



चाडपर्व लक्षित सुरक्षामा दाङ एसपी वलीको कडाई, मातहतका प्रहरीलाई सक्रिय रुपमा खटिन वलीको निर्देशन

दाङ १४ असाेज । चाडपर्व लक्षित अपराध रोक्न दाङ प्रहरीले बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशै, दिपावली र छठ पर्व लाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व अबधीभर १ हजार १ सय बढि प्रहरी परिचालन गर्दैछ ।

दाङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक वीर बहादुर वलीले चाडपर्वमा हुन सक्ने बिसंगति, विकृति विरुद्ध प्रहरी परिचालन गरेको बताए । यस्तै प्रहरीले नेपाल भारत सिमा नाका कोइलाबास , भौवा लगाएतका लाकाहरुमा कडा चेकजाँचको व्यवस्था गरी अवैध गतिविधि रोक्ने दावी गरेको छ ।

प्रत्येक प्रहरी ईकाईमा प्रहरी टोली (क्युआरटि) को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाएको एसपि वलीले बताए । चाडपर्वको समयमा बढी पटका, प्र्रयोग हुने भएको र आतंक फैलाउने भएकाले सो को नियन्त्रणमा पनि प्रहरी कडाईका साथ प्रस्तुत हुने वलीको भनाई छ ।

चाडपर्वमा जुवा लाई नियन्त्रण गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गर्ने योजना ल्याएको छ । जुवा, चन्दा लगायतका गतिविधिहरुको गोप्य रुपमा सूचना संकलन गरि कार्यवाहीको दायरामा ल्याउने प्रहरीले जानकारी दिएको छ ।

यस्तै लुम्बिनी प्रदेशको स्थायि राजधानिमा पर्ने भालुवाङ अमीलिया राजमार्ग लक्षित गरि रातीको समयमा गश्ती बढाउने योजना रहेको पनि उनले बताए । बन्द रहने सरकारी कार्यालय, तथा संघ–सस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरु संग समन्वय सहितको सुरक्षा व्यबस्था पनि मिलाईने भएको छ ।

प्रहरीका बिभिन्न युनिटहरुले विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्ये नजर राखी पैदल, साईकल, मोटर साईकल र गाडी गस्ती परिचालन गरिने भएको छ । घोराही, तुलसीपुर र लमही र भालुवाङ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

बिभिन्न मठ मन्दिर, पुजा अर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरु ल्याउने र बिर्सजन गर्ने समयमा सुरक्षा ब्यवस्था मिलाइने उँहाले बताउनुभयो । यस्तै तिहारमा राती १० बजे सम्म मात्र देउसी भैलो खेल्ने समय निर्धारण गरिएको एसपि वलीले जानकारी दिए ।

यस्तै चार्डपर्वको समयमा बढि भिडभाड हुने बजारमा पैदल गस्ति, मोवाईल गस्ति गरी बिभिन्न प्रकारका अपराधीक कृयाकलापहरु विरुद्ध प्रहरी परिचालन गरिने पनि दाङ प्रहरीको योजना छ ।

यस अतिरिक्त चाडपर्व लक्षित अपराध बढन् सक्ने भएकोले नागरिकलाई पनि चनाखो हुन प्रहरीले अपिल गरेको छ । समाजमा शान्ति सुरक्ष तथा अपराध नियन्त्रण गर्नको लागि प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने भएको हुदा बर्दि सहतिका प्रहरी भन्दा बिना बर्दिका आम नागरीकको जिम्मेवारी महत्वपुर्ण हुने हुदा आम नागरीक त्यस तर्फ सजक एवंम सतर्क रहन दाङ प्रहरीले अनुरोध गरेको छ ।

गाँउ बस्तीमा हुने बिभिन्न खालका घटनाको बारेमा प्रहरीको निशुल्क सम्पर्क नम्बर १०० मा सम्पर्क गर्नपनि आम नागरीकहरुलाई प्रहरीले आग्रह गरेको छ । समुदाय साझेदारी अभियान अन्तर्गत गठित बिभिन्न समितिको सहकार्यमा सुरक्षा ब्यबस्था लाई चुस्त दुरुस्त राख्न दाङ प्रहरी समन्वयात्मक ढंगले क्रियाशिल रहेको पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे