लमही नगरपालिका र इलाका प्रशासन कार्यालयद्धारा लमही बजार अनुगमन



लमही नगरपालिका र इलाका प्रशासन कार्यालयद्धारा लमही बजार अनुगमन

लमही २८ कार्तिक ।

दाङ देउखुरीको लमही नगरपालिका र इलाका प्रशासन कार्यालय लमहीको संयुक्त पहलमा लमही बजारको अनुगमन गरेको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी बजारको अनुगमन गरिएको हो ।

अनुगमनमा चार हजार ६ सय ६७ मूल्य बराबरको म्याद गुज्रीएका सामाग्री जफत गरिएको लमही नगरपालिका कृषि विकास शाखा प्रमुख अमर चौधरीले जानकारी दिएका छन् । जसमा कृपा मेडिकल, सन्चो मेडिकल, देउखुरी स्वास्थ्य क्लिनिक प्याथोलोजि सेवा, सृष्टि आयुर्वेद मेडिकल र एग्रोभेट तर्फ देउराली एग्रोभेट सेन्टर, लालिगुरास एग्रोभेट सेन्टर, बिनोद एग्रोभेट सेन्टर, एस.एस बीउ विजन सेन्टरको स्थलगत अनुगमन तथा निरिक्षण गरिएको हो ।

अनुगमनका क्रममा लमहीको कृपा मेडिकल र बिनोद एग्रोभेट सेन्टरमा व्यवस्थापन देखि लिएर अन्य सबै पक्षमा राम्रो पाएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले जानकारी दिएका छन् । उनका अनुसार लमहीको सन्चो मेडिकल र सृष्टि आयुर्वेद मेडिकलले अनुगमनको क्रममा आवश्यक कागजात कुनैपनि देखाउन नसेकेको बताए ।

यस्तै देउखुरी स्वास्थ्य क्लिनिक प्याथोलोजी सेवा सेन्टरबाट म्याद गुज्रीएको १२ सय ९७ रुपैँया बराबरको इञ्जाइम औषधी जफत र देउराली एग्रोभेट सेन्टरबाट ४०.८ किलो डिएपी मल, विक्री गर्न रोग लगाइएको र लालीगुराँस एग्रोभेटबाट २६ सय विस रुपैँया बराबर म्याद गुज्रिएको कृषि तथा भेटनरिका सामाग्री जफत गरिएको हो ।

लमहीका धेरै एग्रोभेटहरु नगरपालिकामा नविकरण नगरेको र म्याद गुज्रिएको बीउ तथा विषादीको उचित व्यवस्थापन नगरेको भेटिएको छ । मेडिकलहरुमा नविकरण नगरेको र अनुगमन गर्न जाँदा तत्काल कागजात पेश गर्न सकेनन् । शुक्रवार लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा नगरपालिका प्रवक्त बिमहादुर केसीको संयोजक तथा लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेल, कृषि विकास शाखा प्रमुख अमर चौधरी, इलाका प्रशासन लमही नासु बामदेव गिरी, लमही होटल व्यवसायी कोषाध्यक्ष श्यामबहादुर कुवँर, वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरिक्षक विष्णु केसी र पत्रकारहरुको संयुक्तमा लमही बजारको स्थलगत अनुगमन तथा निरिक्षण गरिएको थियो । अनुगमनको क्रममा जफत गरिएको सामाग्री लमही नगरपालिकाको कम्पाउण्ड भित्र खाडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे