दाङको तुलसीपुरमा रुखबाट लडेर एक जनाको मृत्यु



दाङको तुलसीपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

तुलसीपुर ११ असोज । तुलसीपुरमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे २ बजेतिर घाँस काट्न भनि बोकाइनोको रुखमा चढेको बेला लडेर एक जना महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

मृत्यु हुनेमा तुलसीपर उपमहानगरपालिका ११ कट्हा निवासी ५९ वर्षिय कृष्ण कुमारी रोका मगर रहेको प्रहरीले बताएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे