राप्तीमा डेंगु रोगबाट बच्न र बचाउन लामखुट्टेको बासस्थान खोजी र लार्भा नष्ट गर्ने अभियान सुरु



राप्तीमा डेंगु रोगबाट बच्न र बचाउन लामखुट्टेको बासस्थान खोजी र लार्भा नष्ट गर्ने अभियान सुरु

भालुवाङ ११ असाेज । दाङकाे राप्ती गाउँपालिकाले लामखुट्टेको बासस्थान खोजी र लार्भा नष्ट गर्ने अभियान सुरु गरेकाे छ ।

बिजयादशमीको घटस्थापना संगसंगै सिसहनियाँ र पिपरी बजार क्षेत्रबाट साे अभियान  शुरू गरिएको हाे। राप्ती गाउँपालिकाका अध्यक्ष  प्रकाश बिष्टकाे अगुवाइमा भएकाे कार्यक्रममा सिसहनियाँ बजार क्षेत्र र पिपरी बजार क्षेत्रलाई विशेष प्राथमिकतामा राखी पानी जमेको र टायर राखेको ठाउँमा पुगी सफा गर्ने र गर्न लगाउने , जनचेतनामूलक प्रचार , फोहर संकलन समेत गरिएकाे थियाे । सिसहनियाँ बजारबाट शुरु भएको कार्यक्रम  पिपरीमा सम्पन्न भएकाे थियो।

अव याे कार्यक्रम प्रत्येक गाउँटोलमा संचालन गर्ने र सरसफाइ निरन्तर चलिरहने भन्दै सबैको साथ-सहयोग भयो भने डेङ्गु रोगबाट सजिलै बच्न सकिने अध्यक्ष प्रकाश बिष्टले बताएका छन् । कार्यक्रममा वडा नं. -५ का वडाध्यक्ष  देवप्रसाद चौधरी, वडा नं.-८ का वडाध्यक्ष  चन्द्रबहादुर गुरुङ, वडाका जनप्रतिनिधिहरु, सिसहनियाँ स्वास्थ्य चौकीका निमबहादुर राउत, स्वास्थ्य चौकीका कर्मचारीहरु, स्वास्थ्य स्वयंसेविकाहरु,स्वास्थ्य इकाई मिलनडाँडा कोहलुवाका कर्मचारीहरु, सिसहनियाँ प्रहरी चौकीका प्रमुख तथा सुरक्षाकर्मीहरु, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरु,चेम्बर अफ कमर्स राप्तीका अध्यक्ष तथा पदाधिकारीहरु, प्रगतिनगर सिसहनियाँ र पिपरी बजारका ब्यापारीहरु, बजारबासीहरु, कराँते सिसहनियाँका प्रशिक्षक तथा कराँते टिम, स्वास्थ्य शिक्षा सचेतना-सामुदायिक स्वास्थ्य संस्थाकाे टिम र नीलसागर दाङकाे टिमले उत्साहपूर्बक सहभागिता जनाएको थियो।  सहजीकरण सिसहनियाँ स्वास्थ्य चौकीका अहेब  निमबहादुर राउतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे