पत्रकार दशरथ घिमिरेलाई राष्ट्रपतिद्वारा प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान



पत्रकार दशरथ घिमिरेलाई राष्ट्रपतिद्वारा प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान

दाङ ६ असाेज । दाङका पत्रकार दशरथ घिमिरे राष्ट्रिय स्तरकाे पत्रकारिता पुरस्कारले सम्मानित भएका छन् । राष्ट्रपतिकाे कार्यालय शितलनिवासमा आयाेजना गरिएको बिशेष कार्यक्रममा प्रेस काउन्सिल नेपालले युवा पत्रकारीता पुरस्कारले सम्मानित गरेकाे हाे ।

राष्ट्रपति विद्या भण्डारी र सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई सम्मान पत्र सहित नगद प्रदान गरेर पुरस्कृत गरेका हुन् । नयाँ युगबाेध राष्ट्रिय दैनिक, नेपाल टेलिभिजन, देश सञ्चार अनलाइन लगायतका सञ्चार माध्यममा कार्यरत घिमिरेले समसामयिक बिषयमा कलम चलाउदै आएका छन् । घिमिरे सहित देशभरका बिशिस्ट याेग्दान गरेका पत्रकारलाई पुरस्कृत गरिएको हाे । प्रेस काउन्सिल नेपालकाे ५३ औं बार्षिकत्सवमा पत्रकारलाई पुरस्कृत तथा सम्मान गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे