दाङको ३ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने



दाङको ३ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने

असोज ५ तुलसीपुर / प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले जिल्ला सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

  जसअन्र्तगत दाङमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । जसमध्यबाट क्षेत्र नं. १ को लमही नगरपालिका, क्षेत्र २ नं. को घोराही र क्षेत्र नं. ३ को तुलसीपुर उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।

एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचित हुने जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचित हुने ३५ वटा जिल्ला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे