लुम्बिनीको मतदाता ३२ लाख बढी, कुन निर्वाचन क्षेत्रमा कति?



लुम्बिनीको मतदाता ३२ लाख बढी, कुन निर्वाचन क्षेत्रमा कति?

 असोज ४ दाङ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट ३२ लाख बढी मतदाताले मतदान गर्न पाउने भएका छन् । प्रदेशका १२ जिल्लाका कुल ३२ लाख ४९ हजार ६३७ मतदाताले मतदान गर्न पाउने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिनुभयाे ।

उहाँकाअनुसार प्रदेशका १२ जिल्लामा २६ प्रतिनिधि र ५२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । यी निर्वाचन क्षेत्रका कुल ३२ लाख ४९ हजार ६३७ मतदातामध्ये पुरुष मतदाता धेरै रहेका छन् । जसअनुसार पुरुष मतदाता १६ लाख ३७ हजार १३२, महिला मतदाता १६ लाख १२ हजार ४७१ र अन्य ३४ जना मतदाता रहेका छन् ।

प्रदेशमा कुल मतदान स्थल १ हजार ६४९ र मतदान केन्द्र ३ हजार ८६१ रहेको सूचना अधिकारी कुवँरले बताउनुभयाे ।

प्रदेशमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र रुपन्देही जिल्लामा रहेका छन् । जसमा संघतर्फ ५ वटा र प्रदेशतर्फ १० वटा निर्वाचन क्षेत्र रहेका छन् । सबैभन्दा कम रोल्पा, रुकुम पूर्व, प्युठान र अर्घाखाँची संघतर्फ एक/एक वटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशतर्फ दुई/दुई वटा रहेका छन् । अन्य प्रदेशमा दुई वा तीनभन्दा बढी संघ तर्फका निर्वाचन क्षेत्र रहेका छन् ।

कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

गुल्मी
१ (क) ५७५७९
१ (ख) ६१७०९
२ (क) ५१९०४
२ (ख) ५२४२३

पाल्पा
१ (क) ४९२५१
१ (ख) ४६७८२
२ (क) ५६१२०
२ (ख) ४९१७३

अर्घाखाँची
१ (क) ७८२८६
१ (ख) ८६४८२

रुपन्देही
१ (क) ७२२११
१ (ख) ६७३४९
२ (क) ६३५०३
२ (ख) ६३३०४
३ (क) ६५५१३
३ (ख) ६७२७८
४ (क) ५३३८९
४ (ख) ५७२७०
५ (क) ७४६५९
५ (ख) ५४४७६

कपिलवस्तु
१ (क) ७९४५३
१ (ख) ६१५६०
२ (क) ६४५१७
२ (ख) ५७१५९
३ (क) ६१०५८
३ (ख) ५४४८५

रुकुम पूर्व
१ (क) १७७७७
१ (ख) १६३३५

रोल्पा
१ (क) ६८१६४
१ (ख) ७७३०७

प्युठान
१ (क) ७४६६३
१ (ख) ८५०९७

दाङ
१ (क) ७०२६७
१ (ख) ६४४६६
२ (क) ६३३२२
२ (ख) ७०४२६
३ (क) ६६४८६
३ (ख) ७९९८९

बाँके
१ (क) ५५८४५
१ (ख) ६५२५५
२ (क) ५०३१३
२ (ख) ४७४९६
३ (क) ६१५९६
३ (ख) ५१७२६

बर्दिया
१ (क) ८१९१९
१ (ख) ८०७४३
२ (क) ८१६६१
२ (ख) ७०९६१

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
१ (क) ६५११६
१ (ख) ५३१३४
२ (क) ६६५०२
२ (ख) ५६१७८

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे