डा. केसीलाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी



डा. केसीलाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी

असोज ४ धनगढी । स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी भएको छ ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काईट्रक मार्फत काठमाडौं पठाउने तयारी गरेको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

उनका अनुसार सेती प्रादेशिक अस्पताल परिसरमा सुरक्षा व्‍यवस्था कडा बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे