ट्रमा सेन्टर निर्माण धमाधम



ट्रमा सेन्टर निर्माण धमाधम

असोज ४  दाङ –लुम्बिनी प्रदेश सरकारले गौरवको योजनामा राखेको दाङ लमहीस्थित ट्रमा सेन्टर निर्माणको काम भइरहेको छ । ट्रमा सेन्टरको जग निर्माण सम्पन्न गरी ‘स्ट्रक्चर’ बनाउन सुरु गरिएको छ । २९ करोड २३ लाख १७ हजार लगानीमा ट्रमा सेन्टर भवन बन्दै छ ।

सहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख अनन्त कुमार देवले निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । लामा एन्ड गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन प्रालिले भवन निर्माण गरिरहेको छ ।

सो आयोजना निर्माणका लागि २०७७ साल चैत २४ गते सम्झौता भएको थियो। २०७८ वैशाख ३ गतेबाट काम सुरु गरेको कम्पनीले आगामी वर्ष असार ३ गतेभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ।

ट्रमा सेन्टर निर्माणसँगै पूर्वपश्चिम राजमार्ग क्षेत्रमा हुने सवारीलगायत विभिन्न दुर्घटनामा परेका सर्वसाधारणको उपचारमा सहज हुने अपेक्षा गरिएको छ। विभिन्न दुर्घटनामा परेर चोटपटक लागेर, शरीरका अङ्गहरू भाँचिन पुग्दा समयमा उपचार नपाउने समस्या छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे