महिला टोलीको प्रशिक्षकबाट कुमार थापा र अन्तर्राष्ट्रिय फुटबलबाट पुनम, दीपा र इन्दिराको सन्यासको घाेषणा



महिला टोलीको प्रशिक्षकबाट कुमार थापा र अन्तर्राष्ट्रिय फुटबलबाट पुनम, दीपा र इन्दिराको सन्यासको घाेषणा

काठमाडाैँ ४ असाेज । नेपाल महिला फुटबल टोलीको प्रशिक्षकबाट कुमार थापाले राजीनामा दिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल बगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।  यो हारसँगै थापाले टिमको मुख्य प्रशिक्षक पदमा नबस्ने बताए । उनले आफूले बाचा गरे अनुसार नतिजा नआउँदा राजीनामा दिएको बताए ।​

यता

नेपाली महिला राष्ट्रिय टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनीहरु त्रिभुवन आर्मी फुटबल क्लबका हुन् । दशरथ रङ्गशालामा छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको समापनसँगै गाेलरक्षक पुनम, मिडफिल्डरद्वय दीपा र इन्दिराले सन्यासको घोषणा गरे ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ब्लेजरसहित उनीहरुको बिदाइ गरेको छ । झन्डै १६ हजार घरेलुसमर्थकबीच हिजो भएको महिला साफ च्याम्यिनसिपमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । लगत्तै नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले पनि प्रशिक्षक पद त्याग्ने घोषणा गरेका थिए । थापाले यसै प्रतियोगिताको सुरुवातमा प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे