पहिरो खस्दा लमही-अमिलिया सडक खण्ड अवरुद्ध, वर्षातले देउखुरीकाे विभिन्न क्षेत्र जलमग्न



पहिरो खस्दा लमही-अमिलिया सडक खण्ड अवरुद्ध, वर्षातले देउखुरीकाे विभिन्न क्षेत्र जलमग्न

लमही १ असाेज । तीन दिन देखि परेकाे अविरल वर्षाका कारण लमही-अमिलिया सडक खण्डकाे  विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।  साे सडक खण्ड तिलकन्या खाेला नजिकै पहिरो खस्दा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । यस्तै लमहीकाे पदमेनी साेता नजिकै रूख ढलेर सडकखण्ड पनि अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।

यस्तै अविरल वर्षातले देउखुरीकाे विभिन्न क्षेत्र जलमग्न भएको छ । वर्षातका कारण देउखुरीकाे राजपुर, वनकट्टा, गढवा, मानपुर, कालाकाटे, कक्रहवा, लगायतका स्थान जलमग्न भएका छन् । बर्षाका कारण राप्ती नदीकाे तटीय क्षेत्र एवम् नदी आसपास बसाेबास गर्ने सम्पूर्ण नागरिकलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय दाङले अपिल गरेको छ ।

यद्यपि राेल्पा, प्युठान लगायत पहाडी क्षेत्रमा वर्षा कम भएकाले राप्ती नदीको सतह सामान्य रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङ प्रमुख बिनाेद केसीले बताए । यस्तै राजपुर गाउँपालिका वडा नम्बर ७ राताकाँस निवासी टेकबहादुर थारूकाे बाख्रा बस्ने गाेठ वर्षाताले गल्केर भत्किदा चारवटा च्याप्पिएर बाख्रा मरेको राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले बताए ।गाबिना बाख्रा च्याप्पिर मर्दा करिब ४० चालीस हजार बराबरको क्षती भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे